काठमाडौंस्थित माधव नेपालको वडामा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी – Nepal Press

काठमाडौंस्थित माधव नेपालको वडामा गठबन्धनलाई हराउँदै एमालेको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका– ३२ को वडाध्यक्षमा गठबन्धनलाई हराउँदै नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।

परजुलीले ५, ९५९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एसकी सीता कँडेलले ३, ०१६ मत ल्याइन् ।

यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५, २९२, एमालेका केशव स्थापितले २, ४५८ र कांग्रेसकी सिर्जना सिंहले १, ९०० मत पाइन् ।

यो कोटेश्वर–पेप्सीकोला क्षेत्र हो, जहाँबाट माधवकुमार नेपाल चुनाव लडेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर