गठबन्धनले तोड्यो बर्दघाटको एमाले विरासत, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी – Nepal Press

गठबन्धनले तोड्यो बर्दघाटको एमाले विरासत, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

रुपन्देही । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिकामा कांग्रेस–माओवादीको गठबन्धनले एमालेको विरासत तोडेको छ ।

सम्पन्न मतगणनाबाट नेपाली कांंग्रेसले मेयर र नेकपा माओवादीका उम्मेदवार विजयी भएका हुन् । मेयरमा कांग्रेसका शम्भुलाल श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्याय विजयी भएका छन् । एमालेबाट यसअघि मेयर रहेका धिरज शर्मा बस्याल पुनः उम्मेदवार बनेका थिए ।

यसअघि दुवै पद एमालेले जितेको नगरपालिकामा अहिले एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग गठबन्धन गरेर चुनाव लडेको थियो । निर्वाचित मेयर श्रेष्ठले एमालेका मेयर पदका उमेदवार धीरज शर्मा बस्याललाई ५१ सय ७१ को फराकिलो मतान्तरले पराजित गरे । श्रेष्ठले १८ हजार ४८९ मत ल्याउँदा शर्माले १३ हजार ३२७ मत ल्याएका छन् ।

उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेदवार तारा रानालाई ७ सय ८५ मतान्तरले पराजित गर्दै उपाध्याय विजयी भए । उपाध्यायको १४ हजार ५९५ र रानाको १३ हजार ८१० मत छ ।

१६ वडा रहेको नगरपालिकामा २ वडा एमालेबाहेक सबै वडामा गठबन्धनले जितेको छ । जसमा नेपाली कांग्रेसले ११, र नेकपा एस, माओवादी केन्द्र र स्वतन्त्रले १–१ वडा जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर