नेपालगञ्जको मेयरमा दोब्बर मतले कांग्रेसका प्रशान्त विजयी, उपमेयरमा जसपा – Nepal Press

नेपालगञ्जको मेयरमा दोब्बर मतले कांग्रेसका प्रशान्त विजयी, उपमेयरमा जसपा

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा दोब्बर मतअन्तरसहित नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन् । उपमेयरमा भने जसपाका कमरुद्दीन राई विजयी भए ।

विष्टले २३ हजार ४६० मत पाए भने एमालेका पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए । राप्रपाका उम्मेदवार नन्दलाल वैश्यको पक्षमा ७ हजार ५९८ मत पर्यो ।

उपमेयरमा जसपाका उम्मेदवार कमरुद्दीन राईले १७ हजार ९५० मतसहित विजयी भएका हुन् । एमाले उम्मेदवार शान्तिदेवी ढकालले १० हजार ९१५ मत पाइन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर