काभ्रेको रोशीमा गठबन्धनको जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी – Nepal Press

काभ्रेको रोशीमा गठबन्धनको जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवारले जित हात पारेका छन् । अध्यक्षमा कांग्रेसका दिनेश लामा विजयी भए भने माओवादीका मिमबहादुर वाइबा निर्वाचित भए ।

लामाले ७ हजार ५३४ मत पाए भने प्रतिस्पर्धी नेकपा एमालेका देवसागर लामाले ६ हजार ३५८ मत प्राप्त गरे ।

उपाध्यक्षमा विजयी माओवादी केन्द्रका वाइबाले ६ हजार ६७२ मत ल्याउँदा प्रतिस्पर्धी एमालेकी बबिता बोहोराले ५ हजार ९४३ पाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर