काठमाडौं–९ को मतगणना सुरुः १०० भोट गन्दा उपमेयरका २१ भोट बदर – Nepal Press

काठमाडौं–९ को मतगणना सुरुः १०० भोट गन्दा उपमेयरका २१ भोट बदर

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ को मतगणना सुरु भएको छ । १०० मत गणना सकिँदा स्वतन्त्र उम्मेदवार बालेन साहले प्रारम्भिक अग्रता लिएका छन् ।

प्राप्त विवरण अनुसार बालेनको ४८ भोट आएको छ भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९ भोट ल्याएर दोस्रो स्थानमा छिन् । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितको १४ भोट आएको छ ।

यस वडामा उच्च संख्यामा भोट बदर भएका छन् । अहिलेसम्म मेयरको ११ र उपमेयरका २१ भोट बदर भएको स्रोतले जानकारी दियो । यस्तै वडाध्यक्षको ५ भोट बदर भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर