ललितपुर अपडेट : उम्मेदवार नै नभएको रुखमा ५९३२ भोट – Nepal Press

ललितपुर अपडेट : उम्मेदवार नै नभएको रुखमा ५९३२ भोट

मेयरमा कांग्रेस र उपमेयरमा एमाले अगाडि

ललितपुर । ललितपुर महानगरपालिकामा अहिलेसम्म ४२६०२ मत गणना सकिएको छ । मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता कायमै राखेका छन् ।

उनले २१९०४ ल्याउँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार १२५२३ मत ल्याएर दोस्रो स्थानमा छन् । राप्रपाका अष्टबहादुर महर्जनले २१०० मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी मञ्जली शाक्यले ३६७२ मतले लिड गरेकी छन् । उनले १२३६९ मत प्राप्त गर्दा माओवादीका बाबुराम बज्राचार्य ८६९७ मत ल्याएर पछ्याइरहेका छन् । राप्रपाकी स्वर्णिमा शाक्यले ३५५८ मत ल्याएकी छन् ।

यहाँ कांग्रेसको उपमेयर नभए पनि रुख चिन्हमा ५९३२ मत परेको छ ।

ललितपुर माहानगरको वडा १४ मा नेपाली कांग्रेसका अमृतजंग महत १२८१ मत सहित विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर