पोखरामा प्रतिनिधिको नक्कली कार्ड बनाएर गणनास्थल छिरेका दुईजना पक्राउ – Nepal Press

पोखरामा प्रतिनिधिको नक्कली कार्ड बनाएर गणनास्थल छिरेका दुईजना पक्राउ

पोखरा । मतगणनामा उम्मेदवारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले परिचय भने खुलाएको छैन ।

उनीहरू राजनीतिक दलको नभई अनाधिकृत रुपमा छिरेको बताइएको छ । अहिले दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरू किन मतगणना भएको ठाउँमा गए भन्ने पनि खुलाइएको छैन ।

पोखरा महानगरमा अहिलेसम्म ६५ हजार ४६२ मत गणना सकिएको छ । अहिलेसम्म गठबन्धन उम्मेद्वारले अग्रता लिइरहेका छन् ।

नतिजा आएका १५ वडामध्ये ४ वटामा एमाले र ११ वटामा कांग्रेस विजयी भइसकेको छ । यसअघिको निर्वाचनमा मेयर र उपमेयरसहित २२ वडाध्यक्ष एमालेले जितेको थियो भने ११ वडाध्यक्ष मात्र कांग्रेसले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर