विजय जुलुसमा झडप हुँदा मन्थलीमा पाँच एमाले कार्यकर्ता घाइते – Nepal Press

विजय जुलुसमा झडप हुँदा मन्थलीमा पाँच एमाले कार्यकर्ता घाइते

काठमाडौं । रामेछापको मन्थली नगरपालिका- ९ मा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । हिजो साँझ एमालेको विजय जुलुस सकिएपछि कार्यकर्ता घर फर्किने क्रममा कांग्रेस कार्यकताले विवाद गर्न थालेपछि झडप भएको बताइएको छ ।

पुरानागउँमा चुनाव हारेपछि नेपाली कांग्रेका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी (भरत) र उनका कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेका हुन् । आक्रमणबाट एमालेका पाँच जना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा एमाले कार्यकर्ताहरू गौतम आरण, उत्तम आरण, ओमप्रकाश आरण, नारयण आरण र खड्गराज आरण समान्य घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरूले एमाले कार्यकर्ता तथा एमालेबाट निर्वाचित वडाध्यक्ष गोकर्णराज आरणका परिवारका सदस्यलाई पार्टीको कार्यालयमै पसेर आक्रमण गरी घाइते बनाएको नेकपा एमाले रामेछापले जनाएको छ ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछापबाट साँझ प्रहरी टोली पुरानागाउँ गएको भए पनि आक्रमणकारी भागेका कारण प्रहरीले कसैलाई नियन्त्रणमा लिन नसकेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर