काठमाडौंका ५ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ (भिडिओ) – Nepal Press

काठमाडौंका ५ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ (भिडिओ)

काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत मतगणनाको अन्तिम परिणाम घोषणा भएका काठमाडौंका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको सपथग्रहण भएको छ ।

शुक्रबार काठमाडौंका मुख्य निर्वाचन अधिकृतले दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, शंखरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिकालगायतका स्थानीत तहका जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुखले कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष सपथ लिनुपर्ने व्यवस्था छ ।

नयाँ निर्वाचनसँगै कार्यपालिकाका पदाधिकारीको पनि कार्यकाल स्वतः समाप्त भएको छ । सपथपछि चन्द्रागिरी नगरपालिकाका नवनिर्वाचित प्रमुख घनश्याम गिरीले उत्पादन रोजगारमार्फत नगरलाई विकासको बाटोमा अघि बढाउने प्रतिबद्धता जनाए ।

नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउँपालिका र ६ हजार ७ सय ४३ वडा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर