खसेको भन्दा १०७ मत बढी भेटिएपछि रंगेली तनावग्रस्त – Nepal Press

खसेको भन्दा १०७ मत बढी भेटिएपछि रंगेली तनावग्रस्त

विराटनगर । गणनाको क्रममा खसेको भन्दा बढी मत भेटिएपछि मोरङको रंगेलीमा प्रहरी र दलका कार्यकर्ताबीच झडप भएको छ । सोक्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

मतगणनास्थलको सुरक्षार्थ खटाइएका प्रहरीउपर दलका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको मोरङ प्रहरी प्रमुख शान्तिराम कोइरालाले जानकारी दिए । स्थिति अहिले सामान्य रहेको कोइरालाले बताए ।

रंगेली नगरपालिका-७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि दलका कार्यकर्ताले विरोध गरिरहेका थिए । नेकपा एमाले भने विरोधमा सहभागी थिएन ।

दलहरूको विरोधले रंगेलीको गणना स्थगित छ । कुल ३२४२ मत खसेको रंगेली- ७ मा गणनाको क्रममा ३३४९ मत फेला परेपछि विवाद चर्किएको हो ।

कम्प्युटरमा मत प्रविष्ट गर्दा गडबडी भएको रंगेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर