महिला हिंसाका सम्बन्धमा प्रकाशित भिडिओबारे गृहको ध्यानाकर्षण – Nepal Press

महिला हिंसाका सम्बन्धमा प्रकाशित भिडिओबारे गृहको ध्यानाकर्षण

काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसाका सम्बन्धमा प्रकाशित भिडिओबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

भिडिओबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुँडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहनु भएको छ ।

समितिले शुक्रवारबाटै काम सुरु गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर