सिट संख्या घटेपनि एमालेको जनमत घटेन: सचिव अर्याल – Nepal Press

सिट संख्या घटेपनि एमालेको जनमत घटेन: सचिव अर्याल

काठमाडौं । नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले पार्टीको जनमत नघटेको दाबी गरेकी छिन् । स्थानीय तह निर्वाचनले एमालेको जनमत नघटेको यकिन भएको उनले बताइन् ।

तर, सिट संख्या घट्यो भने पाँच दल गठबन्धन भएर एमालेविरुद्ध लड्दा स्वाभाविक रूपमा केही घटेको उनको भनाइ छ ।

‘गठबन्धन भएर लडेपछि पाँच दलको जनमत यकिन हुन सक्दैन । सबै दल आ–आफ्नै धरातलमा उभिएको भए कसको कति जनमत भन्ने नाप्न सकिन्थ्यो तर एमाले भने एक्लै लड्यो र जनमत निर्धारण भयो । यसले एमाले कमजोर छैन भन्ने पुष्टि गर्‍यो। तर, स्वाभाविक रूपमा पाँच दल गठबन्धन भएर लड्ना हाम्रो सिट सङ्ख्या केही कम भयो’, सचिव अर्यालले भनिन् ।

पाँच दलले एमालेलाई हराएर कमजोर पार्ने रणनीति लिएको र उक्त रणनीति भने सफल नभएको पनि बताइन् ।

‘निर्वाचन परिणाम सोचेभन्दा फरक भइरहेको छ । पार्टीले समीक्षा छ गर्छ नै’, अर्यालले भनिन्, ‘तर, के हो भने पाँच दलको योजना त एमालेलाई हराउने र कमजोर बनाउने भन्‍ने थियो । त्यो सफल भएन ।’

सचिव अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली वाम एकताविरोधी नभएको पनि दाबी गरेकी छिन् । एजेन्डा मिल्ने र राष्ट्रिय एकताको पक्षधरसँगै एमालेसँग सहकार्य गर्न चाहने शक्तिलाई एकताको ढोका खुला रहेको अर्याल बताउँछिन् ।


प्रतिक्रिया

One thought on “सिट संख्या घटेपनि एमालेको जनमत घटेन: सचिव अर्याल

  1. बाम एकताकाे नाममा प्रचण्ड र माधवजस्तालाई एमालेमा ल्याउनुहुन्न । उनका कार्यकर्ता ईमानदार छन् भने ल्याउनुपर्छ । गठबन्धन त देखिएकाे मात्र हाे । यिनलाई मिलाउने र यिनकाे लागि पैसा खर्च गर्ने देशी विदेशी तत्व छन् ।तिनले एमाले मन पराउँदैनन् किनकी एमाले तिनकाे गुलाम बन्दैन, तिनकाे एजेण्ट भएर काम गर्दैन, देश र जनताकाे लागि मात्र काम गर्छ । पार्टी फुट्दा, ६/७ दलकाे गठबन्धन हुँदा पनि यत्राे मत र सिट ल्याउनु भनेकाे त ठूलाे विजय हाे । अबकाे चुनावमा पनि गठबन्धन गर्न दिनुपर्छ किनकी समानुपातिककाे महत्व हुन्छ । जितिन्छ भनेर एकपटक विदेशीका दलाल भनेर चिनिएका सँग तालमेल गठबन्धन गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर