१६ वर्षे बालिकामाथि यौन शोषणको घटनाले स्तब्ध छौं, हदम्यादबारे ध्यानाकर्षण होस् : रेणु दाहाल – Nepal Press

१६ वर्षे बालिकामाथि यौन शोषणको घटनाले स्तब्ध छौं, हदम्यादबारे ध्यानाकर्षण होस् : रेणु दाहाल

काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेणु दाहालले १६ वर्षिय बालिकालाई विभिन्न प्रभावमा पारी यौन शोषण गरिएको घटनाले स्तब्ध बनेको बताएकी छन् ।

यस घटनालाई लिएर यौन अपराध र त्यसका अभियुक्तलाई कानूनी दायरामा ल्याउन विद्यमान हदम्याद सच्याउनुपर्नेमा उनको जोड छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै दाहालले कानूनी हदम्यादभित्र अपराध लुक्दोरहेछ भन्ने यस घटनाबाट देखिएको बताएकी छन् ।

उनले लेखेको स्टाटस यस्तो छः

१६ बर्षे बालिका लाई बिभिन्न प्रभाव मा पारी गरिएको यौन शोषण को घटनाले हामी सबै स्तब्ध छौं । उमेर नपुगेका बालिका उपर जुनसुकै वाहनामा हुनेर गरिने सबै प्रकृतिका यौनजन्य दुर्ववहार हरु आपराधिक कार्य हुन भन्ने प्रष्ट कानुनी व्यवस्था छ तर कानुनी हदम्याद भित्र पनि अपराध लुक्दोरहेछ भन्ने यसै घटना बाट देखिएकोले समय भित्रै पिडित ले न्याय माग्नुपर्ने तर्फ सचेत हुदै यौनअपराध र त्यस्का अभियुक्त लाई कानुनी कठ्घेरामा ल्याउन बिद्यमान कानुनी हदम्यादका बारेमा पुनः बैज्ञानिक र ब्यवहारिक व्यवस्था गर्नुपर्ने देखिन्छ,ताकी पिडकलाई सजाय र पीडित लाई न्याय गर्न सकियोस । यसतर्फ राज्य र हामी सबै गम्भीर हुनु अहिले को आवश्यकता हो। यसको लागी सरकार र संबन्धित पक्षको गंभिर ध्यानआकर्षण गर्दछु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर