यौन हिंसाको घटना छानबिन गर्न बनाइएको समितिले काम थाल्यो – Nepal Press

यौन हिंसाको घटना छानबिन गर्न बनाइएको समितिले काम थाल्यो

काठमाडौं । ८ वर्षअघि एक सुन्दरी प्रतियोगिता आयोजकले आफूलाई बलात्कार गरेको घटनाबारे एक युवतीले सामाजिक सञ्जालमा प्रकाशित गरेको भिडिओबारे छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा गठित समितिको सदस्यमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायव उपरीक्षक कोपिला चुडाल, प्रहरी नायव उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन् ।

विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसासम्बन्धी सामग्रीको सम्बन्धमा सदनमा विषय उठान भएको र सभामुखबाट रुलिङसमेत भएकाले हिजो समिति गठन गरी आजबाट काम सुरू भइसकेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर