खसेको भन्दा बढी मतपत्र भेटिएको रंगेलीमा २४ घण्टादेखि गणना अवरुद्ध – Nepal Press

खसेको भन्दा बढी मतपत्र भेटिएको रंगेलीमा २४ घण्टादेखि गणना अवरुद्ध

विराटनगर। मतगणनाका क्रममा धाँधली भएको भन्दै नेपाली कांग्रेसले रंगेली नगरपालिकामा पुनःमतदान गर्न माग राखेपछि शुक्रबार २ बजेदेखि रोकिएको मतगणना कार्य अझै सुचारु भएको छैन।

कांग्रेसले मतगणना कार्य नै बहिष्कार गरेपछि शुक्रबार दुई बजेदेखि रोकिएको मतगणना अहिलेसम्म सुचारु हुन नसकेको हो । मत गणनाको क्रममा खसेको भन्दा बढी मत भेटिएपछि काग्रेसले पुनःमतदानको माग गरेको थियो ।

कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार मोदराज घिमिरेले एमालेको सहयोगमा मतगणनामा खटिएका कर्मचारीले मतगणनाका क्रममा धाधली गरेकाले कांग्रेस हराउन लागेको आरोप लगाएका छन्।

उनले गणनाका क्रममा धाधली भएकाले पुनःनिर्वाचन हुनुपर्ने बताए । पुनःनिर्वाचनगर्ने निर्णय नभएसम्म कांग्रेसले मतगणनाका कार्य बहिष्कार गर्ने बताए । शुक्रबार रंगेली नगरपालिका७को मतगणनाको क्रममा १०७मत बढी फेला परेको थियो ।

कुल ३२४२ मत खसेको रंगेली ७ मा गणनाको क्रममा ३३४९ मत फेला परेपछि विवाद चर्किएपछि पुन निर्वाचन हुनपर्ने माग राखेर काग्रेसले मतगणना स्थल नै छाडेर हिडेको थियो ।

रंगेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले कम्प्युटर मार्फत प्रविष्ट गर्दा गडबडी भएको बताए । उनले मतदानकार्य अगाडि बढाउन काग्रेसलाई पप्रतिनिधि पठाउन भनिएपनि नपठाएका कारण मत गणनका कार्य रोकिएको जानकारी दिए ।

उनले आज अपरान्हसम्म कांग्रेस दलका प्रतिनिधि नपठाएको खण्डमा कांग्रेसबाहेकका दलका प्रतिनिधिहरुको रोहबरमा मतगणना कार्य अघि बढाइने बताए । कुल ९ वडा रहेकाममे रंगेलीनगरपालिका पछिल्लो मत परिणम अनुसार एमालेले लिड गरेको छ ।

एमालेका मेयरका उम्मेदवार दिलिप अगैवालले ७ हजार ५८५ मतप्राप्त गरेका छन् भने कांग्रेसका मेयरका उम्मेदवार मोदराज घिमिरेले ५ हजार ७८ मत मात्र प्राप्त गरेका छन् । गणन सम्पन्न भएका वडा सबै पाँच वटाको वडा अध्यक्ष एमालेले जितेको छ ।

१ नं वडामा महेशकुमार खनाल,२ मा सन्तलाल खवास,३ मा भरतराज प्रसाई,४ मा अवधेश मण्डल र ५ को वडा अध्यक्षमा महानन्द केवरतले जितेका छन् । वडा नं ७ को मत गणनाका क्रममा विवाद भएपछि सम्पुर्ण वडाको मत गणना रोकिएको छ ।

६ ,८, र ९ को मत गणना शुरु भएको छैन।काग्रेसले पुनःमतदानको माग राख्दै विवाद झिकेपछि रंगेलीमा सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ । रंगेलीको जनता क्याम्पसमा रहेको मतगणना स्थल आसपासको क्षेत्रको सुरक्षा व्यवस्थाका लागि नेपालप्रहरी र सशस्त्रप्रहरी परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर