हेटौंडामा राजमार्ग अवरोध गरेर गठबन्धनको विजयी र्‍याली – Nepal Press

हेटौंडामा राजमार्ग अवरोध गरेर गठबन्धनको विजयी र्‍याली

हेटौंडा । स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनले जितेपछि पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेर विजयी र्‍याली निकालिएको छ ।

पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेर विजयी र्‍याली मनाउँदा कार्यकर्ताहरुले केही सवारीमा तोडफोड समेत गरेका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ मा सत्तारुद ५ दलीय गठबन्धनले राजमार्ग अवरुद्ध गरेर विजयी र्‍यालीमा सहभागी कार्यकर्ताले सवारीसाधनमा ढुंगामुढा गरेको स्थानीयले बताएका छन् ।

सडक अवरुद्ध हुनुको साथै सवारी साधानमा तोडफोड भएपछि ईलाका प्रहरी कार्यालय पशुपति नगरबाट प्रहरी टोली आएर सडक अवरुद्ध सडक खोलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर