गठबन्धनलाई दाङको अर्को उपमहानगरपालिका पनि कठिन, तुलसीपुरमा एमालेको अग्रता बढ्दै – Nepal Press

गठबन्धनलाई दाङको अर्को उपमहानगरपालिका पनि कठिन, तुलसीपुरमा एमालेको अग्रता बढ्दै

दाङ । अनपेक्षित रूपमा घोराही उपमहानगरपालिका गुमाएको पाँचदलीय सत्ता गठबन्धनलाई दाङकै अर्को ठूलो तुलसीपुर उपमहानगरपालिका जित्न पनि कठिन पर्ने देखिएको छ ।

आइतबार बिहान साढे १० बजेसम्म ३७ हजार ८५२ मत गणना हुँदा मेयरमा एमालेका टिकाराम खड्काले मतान्तर बढाउँदै ९६२ पुर्‍याएका छन् । खड्काले १५ हजार ९१७ मत प्राप्त गरेर अग्रता लिइरहँदा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको १४ हजार ९५५ मत छ ।

कांग्रेसका गढ मानिएका वडामै अपेक्षित मत नआएपछि गठबन्धनमा निराशा देखिएको छ । यो उपमहानगरपालिका एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेको स्थानीय तह हो भने कांग्रेसका प्रभावशाली नेता दीपक गिरीको निर्वाचन क्षेत्र पनि यही हो ।

उपमेयरमा एमालेकी स्यानी चौधरी करिब ४ हजार मतान्तरले अगाडि बढिसकेकी छन् । उपमेयरमा स्यानीले १५ हजार ०६४ मत पाउँदा गठबन्धनबाट नेकपा एसका जोगबहादुर रानाले ११ हजार ७४ मत पाएका छन् । उपमेयरमा एमालेको जित सुनिश्चित भइसकेको छ ।

यसअघि घोराहीमा पनि एमालेले गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर