छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा गुल्मीका दुई शिक्षक पक्राउ – Nepal Press

छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा गुल्मीका दुई शिक्षक पक्राउ

रुपन्देही । छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका दुई जना शिक्षक पक्राउ परेका छन् ।

गुल्मीको सत्यवती गाउँपालिकास्थित सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानमा ती दुई शिक्षकबाट यौन दुव्र्यवहार गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको उल्लेख छ ।

नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापमा फकाउने र यौन दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट आरोपहरु पुष्टि हुन थालेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको छ । प्रह्ररीले थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर