झापाको अर्जुनधारा नगरपालिकामा गठबन्धन पराजित गर्दै मेयर र उपमेयरमा एमाले विजयी – Nepal Press

झापाको अर्जुनधारा नगरपालिकामा गठबन्धन पराजित गर्दै मेयर र उपमेयरमा एमाले विजयी

झापा । कांग्रेस-माओवादीको गठबन्धन पराजित गर्दै अर्जुनधारा नगरपालिकामा एमालेका उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

घोषित मत परिणामअनुसार मेयरमा एमाले बलदेव गोम्देन गठबन्धनबाट कांग्रेस उम्मेदवार रञ्जिता कार्कीलाई ५४२६ मत अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गोम्देनले १९१६९ मत प्राप्त गरिरहँदा काङ्ग्रेस उमेद्वार कार्कीले १३७४३ मतमा रोकिएका छन् ।

उपमेयरमा पनि एमालेकै खड्गमाया पराजुली निर्वाचित भएकी छन् । पाँच दलीय गठबन्धनबाट उमेद्वार भएका नेकपा माओवादी केन्द्रका जितेन योञ्जनलाई झण्डै दोब्बर मतले पराजित गर्दै पराजुली उपमेयर भएकी हुन् । एमाले उम्मेदवार पराजुलीले १७६३७ मत प्राप्त गरिरहँदा योञ्जनको पक्षमा ९०७१ मत खसेको छ ।

राप्रपाका मेयर र उपमेयरका उम्मेदवार क्रमश: सूर्यकुमार खतिवडा र तारादेवी बस्नेतले १६०८ र २४७० मत पाएका छन् ।

अर्जुनधारामा वडा नं. १ देखि ६ नं. सम्म र वडा नं. ९ मा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने एमालेले वडा नं. ७, ८, १० र ११ जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर