धनगढी मेयरमा पराजित वडको गुनासो- नाम मात्रको गठबन्धन, स्वतन्त्र त म भएँ – Nepal Press

धनगढी मेयरमा पराजित वडको गुनासो- नाम मात्रको गठबन्धन, स्वतन्त्र त म भएँ

कैलाली । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारसँग पराजित भएका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका नृपबहादुर वडले आफू उल्टै स्वतन्त्र सरह भएको गुनासो गरेका छन् ।

नवनिर्वाचित मेयर गोपाल हमाललाई बधाई तथा शुभकामना दिन उपमहानगर कार्यालय पुगेका वडले पार्टीले आधिकारिक चुनाव चिन्ह लिएर लडेको भए पनि भोट दिँदा स्वतन्त्र सरहको व्यवहार भएको बताएका हुन् ।

‘यहाँ नामको मात्र गठबन्धन भएको थियो । मेरो पार्टीको चुनाव चिन्ह पाए पनि म यस पटक मेयरमा स्वतन्त्र लडेको हुँ’, उनले गुनासो गर्दै भने, ‘नवनिर्वाचित मेयरलाई मेरो पूर्ण सहयोग रहनेछ ।’

उनले आफ्नो कार्यकालमा गरिएका राम्रा कामलाई निरन्तर दिने कुरामा समेत विश्वस्त रहेको विश्वास व्यक्त गरेका थिए ।

आज सम्पन्न भएको मत परिणामअनुसार अघिल्लोपटक झिनो मतले पराजित भएका हमालले अहिले वडलाई फराकिलो मतान्तरले हराए ।

हमालले २६ हजार ८६५ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वडले १४ हजार ८१७ मत पाएका थिए ।
वडले आफ्नै पार्टीबाट अपेक्षित सहयोग नहुँदा आफू पराजित भएको बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर