बलात्कारआरोपी पाण्डेबाट पीडित बनेको भन्दै अरु युवती पनि प्रहरी सम्पर्कमा – Nepal Press

बलात्कारआरोपी पाण्डेबाट पीडित बनेको भन्दै अरु युवती पनि प्रहरी सम्पर्कमा

काठमाडौं । ८ वर्षअघि सुन्दरी प्रतियोगिताको क्रममा एक युवतीमाथि बलात्कारको आरोपमा पक्राउ परेका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट पीडित भएको भन्दै अन्य युवती पनि प्रहरी सम्पर्कमा आएका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार पाण्डेलाई कारबाहीको मागसहित केही युवती प्रहरीको सम्पर्कमा आएका हुन् । तर, प्रहरी अधिकृतले अन्य पीडित युवतीमाथि कहिले घटना भएको थियो भन्नेबारे केही खुलाउन चाहेनन् ।

छानबिन समितिका संयोजकसमेत रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरले विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए पनि अन्य युवतीहरू सम्पर्कमा आएकोबारे स्पष्ट पारेनन् ।

एक युवतीले आफूमाथि बलात्कार भएको आरोप लगाएपछि पाण्डे हिजो पक्राउ परेका छन् । उनीविरुद्ध कुन कसुरमा अनुसन्धान गर्ने भन्नेमा प्रहरी अन्योलमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर