काठमाडौं- २३ को वडाध्यक्षमा एमालेका महर्जन निर्वाचित, मेयरमा बालेन चौथो – Nepal Press

काठमाडौं- २३ को वडाध्यक्षमा एमालेका महर्जन निर्वाचित, मेयरमा बालेन चौथो

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा २३ नम्बर वडाको परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार उक्त वडामा एमालेका उम्मेदवार मचा राजा महर्जन निर्वाचित भएका छन् ।

महर्जनले ११६१ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उत्तम रत्न मानन्धर ९२९ मतमा सीमित भए ।

यो वडाबाट मेयरमा एमालेले ७१४, कांग्रेसले ५८९ र स्वतन्त्र उम्मेदवारद्वय बालेन साह र सुमन सायमीले क्रमशः २६३ र ६९० मत पाएका छन् ।

काठमाडौंको कुल मतगणनाको परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर