बृन्दावनमा नेकपा एसको जित निश्चित, माधव नेपालको गृहजिल्लामा ३ पालिकामा सफलता
नेपाल प्रेस
२०७९ जेठ ९ गते १२:३३
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा सो पार्टीले तेस्रो नगरपालिकामा जित सुनिश्चित गरेको छ । वृन्दावन नगरपालिकाको मतगणना नसकिँदै नेकपाा एसका मेयर उम्मेदवार विनोदप्रसाद कुर्मीले एमालेका प्रेमशंकर यादवलाई फराकिलो मतान्तरले पछि पारेका छन् ।
वृन्दावन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एसका उम्मेदवारको जित निश्चित भएको छ । विजयको औपचारिक घोषणा हुन बाँकी छ । यसअघि नेकपा एसले गौर नगरपालिका र राजदेवी नगरपालिकामा जित हासिल गरिसकेको छ ।
गठनबन्धनबिना नै नेकपा एसले रौतहटमा तीन पालिका जितेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर