अशोकको पहिलो निर्णय – आमचोकबासीलाई गम्भीर रोगमा एक लाखसम्म अनुदान – Nepal Press

अशोकको पहिलो निर्णय – आमचोकबासीलाई गम्भीर रोगमा एक लाखसम्म अनुदान

भोजपुर । आमचोक गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अशोक राईले पदवहाली गरेका छन् ।

पदवहाली गर्दै राईले गाउँपालिकाबासी ज्येष्ठ, असक्त तथा अपांगता भएकाहरूलाई सरकारी कार्यालयमा आवत जावत गर्दा यातायात सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् ।

साथै मिर्गौला फेल, दुर्घटनामा परी ढाड भाँचिएको तथा अङ्गभङ्ग भएको र क्यान्सर रोगीहरूलाई उपचार खर्चबापत गाउँपालिकाले एक लाखसम्म अनुदान सहयोग गर्ने भएको छ ।

त्यसका लागि राईले ज्येष्ठ तथा अशक्त नागरिक यातायात सेवा सञ्चालन तथा नागरिक उपचार कोष स्थापनासम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

माओवादीका अशोक दोस्रो कार्यकालका लागि पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर