बैतडीको डिलासैनीमा सम्पर्क कार्यालय बन्द, पालिकाका सम्पूर्ण सेवा अब धामीगाउँबाटै – Nepal Press

बैतडीको डिलासैनीमा सम्पर्क कार्यालय बन्द, पालिकाका सम्पूर्ण सेवा अब धामीगाउँबाटै

बैतडी । बैतडीको डिलासैनी पालिकामा नयाँ सरकार आएसँगै धामीगाउँबाटै सेवा सुरु भएको छ ।

नवनिर्वाचित जनप्रतिनिधिले पालिकाका सबै काम अब तोकिएकै ठाउँ डिलासैनी ७ धामीगाउँबाटै सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

पालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले भने, ‘अब पालिकाका सबै काम धामीगाउँबाट हुनेछन् । पंशेराको अस्थायी केन्द्र बाट बन्द गरिएको छ । अस्थायी केन्द्रको भवन महादेव माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।’

वडा नम्बर ५ का अध्यक्ष यज्ञ भट्टका अनुसार सो विद्यालयलाई नमुना विद्यालय बनाउने निर्णय पनि भएको छ ।

यसअघिको सरकारले सम्पर्क कार्यालयका नाममा अनधिकृत रूपमा अपायक ठाउँबाट कार्यालयका कामहरू गर्दै आएको थियो ।

विद्यालयको नियमित कामकारबाही समेतमा असर पर्ने गरी विद्यालय भवनबाट यसअघि सेवा प्रवाह हुँदै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर