उपमेयरमा झण्डै २५ हजार मतले पछि परेका रामेश्वरले गरे पुन: गणनाको माग – Nepal Press
काठमाडौं महानगर

उपमेयरमा झण्डै २५ हजार मतले पछि परेका रामेश्वरले गरे पुन: गणनाको माग

नियमानुसार भइरहेको भन्दै आयोग भन्छ- निवेदनमा सम्बोधन आवश्यक छैन

काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट उपमेयर उम्मेदवार नेकपा एसका रामेश्वर श्रेष्ठले पुनः मतगणनाको माग गरेका छन् । उपप्रमुख पदमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूख र एकीकृत समाजवादीको कलम चिन्हमा गरिएको मत संकेतलाई सदर मान्नुपर्ने जिकिरसहित श्रेष्ठले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका हुन् ।

काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मतगणना दोहोर्‍याएर गर्न मागसहितको श्रेष्ठको निवेदन परेको नेपाल प्रेसलाई बताए ।

काठमाडौं महानगरपालिका उपप्रमुख ठूलो संख्यामा मत बदर भएको छ । आइतबार दिउँसोसम्म मात्र उपप्रमुखमा ३६ हजार मत बदर भएको थियो । तीमध्ये ५० प्रतिशत रुख र कलम दुवैमा मत संकेत गरिएका छन् ।

निर्वाचन आयोगको अद्यावधिक विवरणअनुसार एमालेकी सुनिता डंगोलले ३८३८४ मत ल्याउँदा श्रेष्ठले १३६३६ मत प्राप्त गरेका छन् । दुईजनाबीच को मतान्तर २४७४८ छ ।

मुख्य निर्वाचन अधिकृत खतिवडाले भने गणना विधिवत् ढंगले नै भइरहेको बताए । उनले भने, ‘हामीले निर्वाचन आयोगको निर्देशन र स्थानीय तह निर्वाचन निर्देशिका अनुसार नै मतगणना गरिरहेका छौं । निर्देशिकामा एउटा मात्र उम्मेदवार चयन हुने पदमा दुईवटा मत संकेत भएको छ भने उम्मेदवार भएको वा नभएको जुनमा संकेत भए पनि बदर गर्ने व्यवस्था गरिएको छ । त्यसै अनुसार हामीले मत सदर वा बदर गर्दै आएका छौं ।’

यसमा कुनै पनि निर्णय गर्न आवश्यक नरहेको खतिवडाले प्रष्ट्यायो ।

‘निवेदकलाई हामीले मौखिक रूपमा यसमा कुनै पनि निर्णय हुँदैन भनिसकेका छौं । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट यसमा केही पनि सम्बोधन हुन सक्दैन । उहाँले माग गरेको कुरा निर्देशिकाबाहिरको हो ।’


प्रतिक्रिया

One thought on “उपमेयरमा झण्डै २५ हजार मतले पछि परेका रामेश्वरले गरे पुन: गणनाको माग

  1. म एकजना सचेत नागरिकको हैसियतले र यश पटकपटकको स्थानीय निर्वाचनकाे मतपत्र भद्दा नाङ्गलाे जस्तो आकारको जुन स्थानीय निकायमा अधिकांश पार्टी , वा स्वतन्त्र उम्मेदवारनै नउठेको ठाउँमा पनि एकै नासे मतपत्रकाे प्रयोग हुनु लापरबाही , लज्जास्पद र मत बदर हुनुकाे सर्वप्रथम करण हाे अधिराज्यभर खसेको कुलमतमा कति यहि कारणले बदर भयाे यसकाे जिम्मा राष्ट्रिय निर्वाचन आयोगले लिनुपर्छ , मतदान शिक्षा न सरकारी निकायबाट हाेस वा राजनीतिक दलहरूबाट हुँदै भएन । यसरी दुवै पक्ष उदासीनता हुनु निर्वाचन आयाेगलाई पनि निर्वाचन सम्पन्न गराउन मात्रै उद्देश्य रहनु र पार्टीशरूलाई जनताबाट निर्वाचन चिन्ह भए भइहाल्छ भन्नेलाई काठमाडौ जस्तो राजधानीवासीले (१) ४८% मतदान गरेन ( No Vote) अधिकार पनि हुन्छ नागरिकलाई भने झै (२) ५२ प्रतिशतमा पनि कुन कुन प्रकारको मतादाताले दिएको मत बदर भयाे ? याे काठमाडौ महानगरपालिकाकाे मात्र हाेइन अधिराज्यभर ७५३ स्थानीय निकाबाट यसकाे तथ्यांक निकाल्नुपर्छ। यदि मतादाता मध्ये ५० प्रतिशत मत बदर भएको छ भने निर्वाचन आयाेग र राजनीति दलकाे सबै प्रतिनिधिले त भन्न सान्दर्भिक नहाेला तर प्रमुख दलकाे जनप्रतिनिधि र पार्टी सभापतिहरूले अविलम्ब नैतिकताको धरातलमा रहेर आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा नगरेकोमा पदबाट सार्वभौम नेपाली जनतामाथि धाेका दिएकोमा राजिनामा दिएर शुद्धीकरण हुनु नितान्त आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर