बाजुराको बुढीगंगामा एमालेका नेताले धाँधली गरेः कांग्रेस – Nepal Press

बाजुराको बुढीगंगामा एमालेका नेताले धाँधली गरेः कांग्रेस

काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका नेताको सक्रियतामा व्यापक धाँधली भएको नेपाली कांग्रेसले आरोप लगाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो आरोप लगाएका हुन् ।

उनले बुढीगंगाका २, ३, ५ र ९ नम्बर वडामा एमालेले बुथ कब्जा गरेको आरोप लगाए ।

‘पूरै बुथ कब्जा गरियो, सुरक्षा निकायसम्म बस्न नसक्ने अवस्था बनाइयो, त्यसको एमालेको केन्द्रीय तहकै नेता जुन त्यही नगरपालिका बासिन्दा पनि हुनुहुन्छ,’ उनले भने, ‘त्यहाँको निर्वाचन अधिकृतले धाँधली भएको कुरालाई सम्हाल्न नसकिने भएपछि छाडेर जानुभो । जबर्जस्ती फर्काएर लगियो । आफैंले बोकेर मतपेटिका न सुरक्षा न अरु दलका प्रतिनिधि जिल्ला सदरमुकाम पुर्‍याइयो ।’

त्यहाँ कांग्रेसले पुनः मतदान हुनुपर्ने माग गरेको छ । ‘निर्वाचन आयोगलाई तत्काल चार वडामा निर्वाचन गराउन माग छ,’ प्रवक्ता महतले भने ।.

यस्तै उदयपुर त्रियुगाको एउटा वडामा पनि समस्या भएको जानकारी भएको र सोबारे तत्काल निर्णय लिन उनले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर