एमाले प्रतिनिधि पक्राउपछि रोकिएको भरतपुरको मतगणना सुचारु – Nepal Press

एमाले प्रतिनिधि पक्राउपछि रोकिएको भरतपुरको मतगणना सुचारु

चितवन । भरतपुर महानगरपालिकाको मतगणना पुनः सुचारु भएको छ । वडा नम्बर २७ को मतगणना सुरु गर्नुअघि नेकपा एमालेका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएपछि केहीबेर मतगणना रोकिएको थियो ।

एमाले प्रतिनिधि मतगणनास्थलमै प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । एमालेले आफ्ना कार्यकर्ता तत्काल रिहा गर्न माग गर्दै मतगणना बहिष्कार गरेकोले मतगणना केहीबेर स्थगित भएको थियो ।

दलका प्रतिनिधिसँगको छलफलपछि वडा नम्बर २७ को मतगणना सुरुआत भएको निर्वाचन अधिकृतले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर