भरतपुरको मेयरमा भारी मतान्तरसहित रेनु विजयी – Nepal Press

भरतपुरको मेयरमा भारी मतान्तरसहित रेनु विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनमा बहुचर्चित चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल भारी मतान्तरसहित निर्वाचित भएकी छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी दाहाल एमालेका उम्मेदवार विजय सुवेदीलाई पराजित गर्दै भरतपुरको मेयरमा निर्वाचित भएकी हुन् ।

अन्तिम मतपरिणामअनुसार रेनुले ५२ हजार ३० मत प्राप्त गरिन् भने प्रतिस्पर्धी सुवेदी ३९ हजार ५८१  मै सीमित भए । त्यस्तै मेयरमा बागी उम्मेदवार दिएका नेपाली कांग्रसका जगन्नाथ पौडेल तेस्रो भए ।

उपमेयरमा पनि गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । राप्रपा उम्मेदवार हिमला गुरुङलाई पराजित गर्दै अधिकारी उपमेयरमा निर्वाचित भएका हुन् ।

अधिकारीले ५२ हजार ८०३ मत पाए भने प्रतिस्पर्धी गुरुङले ३० हजार ६१२ प्राप्त गरिन् ।

नतिजाको औपचारिक घोषणा हुन भने बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर