सरावगीलाई हराउँदै वीरगञ्जको मेयरमा राजेशमान निर्वाचित – Nepal Press

सरावगीलाई हराउँदै वीरगञ्जको मेयरमा राजेशमान निर्वाचित

काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह भारी मतान्तरसहित निर्वाचित भएका छन् । जसपाका सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरे । उनीहरुबीच २२ हजार ५४४ मतको अन्तर छ ।

यसैगरी उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम कुल २५ हजार १५८ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ७१९ मत प्राप्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर