काठमाडौंमा २३ वटा वडाको गणना सकियो, कांग्रेस १४ र एमालेका ९ वडाध्यक्ष विजयी – Nepal Press

काठमाडौंमा २३ वटा वडाको गणना सकियो, कांग्रेस १४ र एमालेका ९ वडाध्यक्ष विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्ये हालसम्म २३ वटामा मतगणना सम्पन्न भएको छ ।

गणना सकिएकामध्ये १४ वटा वडाको वडाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । ९ वटा वडाको वडाध्यक्ष नेकपा एमालेले जितेको छ ।

हालसम्म महानगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको हो ।

यस्तै वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २० र २१ को गणना बाँकी छ ।

मतगणना सकिएकामध्ये वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, २४, २५, २६, २७, २८, २९ र ३० को वडाध्यक्ष कांग्रेसले जितेको छ । १, २, ३, ४, ५, २२, २३, ३१ र ३२ को वडाध्यक्ष पद एमालेले जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर