नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित – Nepal Press

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम बैठकबाट पारित गरेको छ । भर्खरै बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपाल प्रेसलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘बैठकले नीति तथा कार्यक्रम पारित गर्‍यो । दिउँसो ४ बजे संघीय संसदमा पेस हुन्छ ।’

दिउसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने छिन् । जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

आज प्रस्तुत हुने नीति तथा कार्यक्रमहरू नयाँ उद्योग स्थापना र आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित रहेको बताइएको छ । आधुनिक कृषि र स्वदेशी वस्तु उत्पादन वृद्धिलगायतका विषय पनि यसमा समेटिएको छ । जेठ १५ गते नयाँ बजेट आउँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर