एक महिनापछि उठ्यो काठमाडौंको फोहोर, बञ्चरेडाँडामा स्थानीयको अवरोध – Nepal Press

एक महिनापछि उठ्यो काठमाडौंको फोहोर, बञ्चरेडाँडामा स्थानीयको अवरोध

काठमाडौं । नयाँ ल्यान्डफिल्ड साइट बन्चरेडाँडामा फोहोर व्यवस्थापन सुरू गरिएको छ ।

बञ्चरेडाँडा ल्यान्डफिल निर्माणाधीन अवस्थामै रहेकाले काठमाडौं महानगरले तत्काल सेल १ मा फोहोर फाल्न थालेको हो । ल्यान्डफिल साइटनजिकका स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरिएको छ । स्थानीयको अवरोधका कारण प्रहरी खटाएर फोहोर फ्याँकिएको काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले बताइन् । सो क्रममा केही प्रदर्शनकारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनका अनुसार बञ्चरेडाँडा ल्यान्डफिल साइट वरपरको थप ३ हजारदेखि ३५०० रोपनी जग्गा पनि अधिग्रहण गर्नुपर्ने, ३ सयजनालाई रोजगारी दिनुपर्ने, खानेपानी, सडकलगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने माग राखेर अवरोध जनाइरहेका छन् ।

काठमाडौं उपत्यकामा दैनिक एक हजारदेखि १२ सय टन फोहोर निस्किन्छ । यसअघि त्यो सबै सिसडोलमा पुग्थ्यो । सिसडोलको ल्याण्डफिल भरिएको वर्षौं भइसक्यो ।

त्यसको विकल्पमा ९ वर्षअघिदेखि बञ्चरेडाँडाको ल्याण्डफिल साइट निर्माण थालिएकोमा अझै पूरा भएको छैन । सडकमा थुप्रिएका फोहोर कुहिएर डुङडुङती गनाउन्जेलसम्म उठाउन पहल नगरिएको भन्दै सरकार र महानगरको आलोचना हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर