स्थानीय चुनाव : त्रियुगामा १० दिनपछि मतगणना सुरू – Nepal Press

स्थानीय चुनाव : त्रियुगामा १० दिनपछि मतगणना सुरू

उदयपुर । मतदान विवादले रोकिएको उदयपुरको त्रियुगा नगरपालिकाको गणना सुरू भएको छ ।

पुनः मतदान गराउने कि मतगणना गर्ने विवादमा निर्वाचन आयोगको बैठकले मतगणना गर्नू भनेर निर्णय गरेको छ । केन्द्रबाट आयोगको निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा प्राप्त भएकाले मतगणना कार्य सुरू गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाले जानकारी दिए ।

त्रियुगा नगरपालिका-१२ मा मतदान विवाद हुदाँ मतगणना हुन सकेको थिएन । मतगणना प्रभावित बनेपछि निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारी अध्ययनका लागि खटिएका थिए ।

आयुक्त भण्डारीले उदयपुर पुगेर राजनितिक दल, मतदानमा खटिएका कर्मचारीका साथै स्थानीयसँग राय लिएपछि मतगणना सुरू गर्ने निर्णय भएको थियो ।

वैशाख ३० गते अपरान्ह करिब साढे ४ बजेसम्म भएको मतदानमा करिब ५४ प्रतिशत मत खसेकोमा पानी परेपछि स्थगित भएको मतदान पुन: सुरू नहुँदा विवाद भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर