पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विराटनगरमा खाली सिलिण्डरसहित प्रदर्शन – Nepal Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विराटनगरमा खाली सिलिण्डरसहित प्रदर्शन

विराटनगर । इन्धन र खाना पकाउने एलपी ग्यासमा गरिएको चर्को मूल्यवृद्धिविरुद्ध उपभोक्ता अधिकारवादीहरुले ग्यासका खाली सिलिण्डरसहित प्रदर्शन गरेका छन् ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मूल गेटमा उपभोक्ता अधिकारवादी संघसंस्थाहरूको नेतृत्वमा खाली सिलिण्डरसहित विरोध प्रर्दशन गरिएको हो ।

पब्लिक फोरमको नेतृत्वमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि गरिएको भन्दै खाली सिलिण्डर र प्लेकार्ड बोकेर उपभोक्तावादीहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि गरेकाले आफूहरुलाई विरोधमा उत्रिन सरकारले बाध्य बनाएको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए । उनले संघ सरकारले जनताको ढाड सेक्ने गरी निर्णण गरे पनि प्रदेश सरकार त्यसको मतियार बनेको बताए ।

मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा नागरिक समाजका प्रतिनिधिसँगै विवेकशील साझा पार्टीलगायतका दलहरूले समेत समर्थन जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर