मूल्यवृद्धिविरुद्ध युवा संघ र अनेरास्ववियुको प्रदर्शन (तस्बिरहरू)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ जेठ १० गते १७:३६
![](https://www.nepalpress.com/wp-content/uploads/2022/05/yuba-sangh-akhil-birodh.jpg)
काठमाडौं । पेट्रोलियम पदार्थको भाउवृद्धिविरुद्ध नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेका छन् ।
दुई संगठनको संयुक्त आयोजनामा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीले महँगीविरुद्ध विभिन्न व्यंग्यात्मक कार्टूनसहितका प्लेकार्ड प्रदर्शन गरेका छन् । माइतीघरबाट थापाथली जानेक्रममा प्रहरी घेरा तोड्न खोज्दा ठेलाठेल पनि भएको थियो ।
मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा सामाजिक सञ्जालमा भाइरलम्यानका रूपमा समेत परिचित पुण्य गौतम पनि सहभागी थिए । उनी केही दिनअघि मात्र नेकपा एस छाडेर एमाले प्रवेश गरेका हुन् ।
तस्बिरहरू : उमेश कार्की ।
प्रतिक्रिया