कांग्रेस नेतृहरूलाई प्रधानमन्त्रीले भने- बलात्कारसम्बन्धी मुद्दामा हदम्याद बढाउने तयारी भइरहेको छ – Nepal Press

कांग्रेस नेतृहरूलाई प्रधानमन्त्रीले भने- बलात्कारसम्बन्धी मुद्दामा हदम्याद बढाउने तयारी भइरहेको छ

काठमाडौं । यौन हिंसा सम्बन्धी घटनाहरू सार्वजनिक भए पनि हदम्यादका कारण अनुसन्धान र सजायमा बाधा पुगिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसलाई सच्याउने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेसका महिला नेतृहरूको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कारसम्बन्ध मुद्दाको हदम्याद बढाउन सरकार तयार र अहिले आवश्यक तयारी भइरहेको बताए ।

कांग्रेस नेतृहरूले महिला हिंसा सम्बन्धी कानून पुनरावलोकन गर्नुपर्ने लगायतका माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर