गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा हस्ताक्षर संकलन – Nepal Press

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा हस्ताक्षर संकलन

कैलाली । कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा आन्दोलन सुरु भएको छ ।

नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको र तत्काल सञ्चालनका लागि नागरिक दबाब समूह धनगढीले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार आज बिहानैबाट धनगढीमा हस्ताक्षर संकलन र धर्ना थालिएको छ। यस्तै जेठ १२ गते दिउसो १ बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, ४ बजे एलएन चोकमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय भएको छ।

जेठ १३ गते बिहान ८ बजे गेटा मेडिकल कलेजमा सांकेतिक विरोध स्वरुप नागरिक स्तरबाट स्वास्थ्य सेवा परीक्षण गर्ने कार्यक्रम रहेको दबाब समूहले जनाएको छ।

कैलालीको गेटामा अरबौको लगानीमा मेडिकल कलेजको भौतिक पुर्वाधार तयार गरिएको छ तर त्यसको संचालनको लागि सरकार उदासीन भएको स्थानीयको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर