यथाशीघ्र रासायनिक मल उपलब्ध गराउन किसान आयोगको आग्रह – Nepal Press

यथाशीघ्र रासायनिक मल उपलब्ध गराउन किसान आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय किसान आयोगले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ ।

कृषकहरुले खेती सुरु गर्ने समयमा रासायनिक मलको प्रयोग गर्न नपाएमा धान र मकै बालीको उत्पादन र उत्पादकत्व स्वत: घट्ने भएकाले किसानको माग बमोजिम यथाशीघ्र रासायनिक मल उपलब्ध गराउन आयोगले आग्रह गरेको हो ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै  आयाेगले देशको विभिन्न स्थानहरुबाट रासायनिक मलको अभाव भएको जनगुनासो आइरहेको भन्दै रासायनिक मल उपलब्ध गराउन सरकार र सरोरवाला निकायसामु अपिल गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘हाल नेपाली किसानहरु धान खेती लगाउने तयारीमा छन् । धान लगायत मकै खेतीको उत्पादन र उत्पादकत्व बढाउन रासायनिक मल प्रयोग गर्ने आवश्यकता छ। कृषकहरुले खेती सुरु गर्ने समयमा धान एवं मकै बालीमा आवश्यक पर्ने रासायनिक मलको प्रयोग गर्न नपाएमा उक्त बालीहरुको उत्पादन र उत्पादकत्व स्वत: घट्ने हुँदा किसानहरुको माग बमोजिम यथासिध्र रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय किसान आयोग नेपाल सरकार र विभिन्न सरोकारवाला निकायहरु समक्ष हार्दिक अपिल गर्दछ ।’

धानको क्षेत्रफल उत्पादन र उत्पादकत्व बढाउन सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरी किसानहरुलाई सहयोग पुर्‍याउदै आएको भएतापनि खाद्यान्न आयातमा वृद्धि भइरहेको आयोगले स्वीकार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *