एमबीबीएसको सरकारी छात्रवृत्तिमा नाम निकालिदिने भन्दै १७ लाख ठग्ने नक्कली डाक्टर पक्राउ – Nepal Press

एमबीबीएसको सरकारी छात्रवृत्तिमा नाम निकालिदिने भन्दै १७ लाख ठग्ने नक्कली डाक्टर पक्राउ

काठमाडौं । अछाम प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

मंगलसेन नगरपालिका– २ बस्ने चक्रबहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । विकले आफूलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा कार्यरत एमबीबीएस र एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा. दीपक बिसी हुँ भनी परिचय गराउने गरेको प्रहरीको दावी छ ।

प्रहरीका अनुसार विकले ३० लाख रुपैयाँमा भर्ना गर्छु भनेकामा १७ लाख रुपैयाँ लिइसकेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर