अदालतको आदेशप्रति बाबुरामको आपत्ति- देश किन बनेन भन्ने बल्ल बुझ्दैछु
नेपाल प्रेस
२०७९ जेठ १३ गते ६:३५
काठमाडौं । जसपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन् ।
देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको पनि उनले बताएका छन् ।
‘मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाडौं–तराई फास्टट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नम्बर र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नम्बर महत्वको भनेको थिएँ’, उनले भनेका छन्, ‘अहिलेसम्म यी सबै रोकिँदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु। फेरि सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ, लज्जित छु।’
प्रतिक्रिया
माननीयज्यू, २४ लाख सालका रुखहरू र वन विनासको विकल्प पनि दिनुभए राम्रो हुनुथ्यो । विकासको नाममा विनासले देश अगाडि बढ्छ र ?
अन्तराष्टीय जगतमा अाधामुलुले कालाे सुचिमा राखेकाछन जहाजहरु,तिनलभन्दा कतिफचाहिय यअरपाेर्ट? भयका पूरा क्षमतामा चलायर देखाउ पहिला।