बालेनको शानदार जित, तर क्यालकुलेटर फेल खायो ! – Nepal Press

बालेनको शानदार जित, तर क्यालकुलेटर फेल खायो !

काठमाडौं । काठमाडौंको मेयरमा सनसनीपूर्ण नतिजा निकाल्दै स्वतन्त्र उम्मेदवार बालेन साह विजयी बने । तर, चुनावअघि उनी आफैंले निकालेको हिसाब भने फेल खाएको छ ।

स्थानीय चुनावमा उम्मेदवारी घोषणा गरेपछि बालेनले आफूले प्राप्त गर्ने मत संख्याको भविष्यवाणी गरिदिएका थिए । हरेक अन्तर्वार्तामा उनी भन्ने गर्थे, म ९०८३५ भोट ल्याएर जित्नेछु । अनुमान होइन, मत संख्याको ठोकुवा नै गरेपछि अतिरिक्त आत्मविश्वास देखाएको भनेर वौद्धिक वृत्तमा उनको आलोचना पनि भएको थियो । तर, बालेनले आफ्नो समूहले काठमाडौंबासीको घरघरमा गएर सर्भेक्षण गरेको भन्दै यो अंकभन्दा तलमाथि नहुने दाबी गरिरहे ।

तर, बालेनको उक्त दाबी भने फेल भएको छ । उनले चुनाव भारी मतान्तरले जिते पनि आफूले भनेको संख्या पुर्‍याउन सकेनन् । बालेनले ६१ हजार ७६७ भोट ल्याएका छन्, जुन उनले स्व:घोषणा गरेको भन्दा २९०६८ भोट कम हो ।

बालेनले यस विषयमा कुनै स्पष्टीकरण देलान् कि नदेलान् हेर्न बाँकी छ । तर, यसअघि एउटा अन्तर्वार्तामा तपाईंले भनेको अंकमा भोट आएन भने के हुन्छ भनेर सोध्दा उनले सहज जवाफ दिएका थिए, ‘त्यसो भयो भने मेरो हिसाब गलत ठहरिन्छ ।’

बालेनको हिसाब गलत त ठहरिएको छ तर यसले उनीमाथि कुनै नैतिक दबाब पर्ने भने देखिँदैन । केवल आगामी दिनमा अति आत्मविश्वासको प्रदर्शन नगर्न पक्कै पाठ सिक्नेछन् ।


प्रतिक्रिया

One thought on “बालेनको शानदार जित, तर क्यालकुलेटर फेल खायो !

  1. बदर भएको भोट र नखसेको भोट प्रतीशत पनि समायोजन गर्नुपर्छ । हिसाब मिलान हुन्छ जस्तो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर