अश्लील तस्विरको आडमा केटी साथीलाई ब्ल्याकमेल गर्ने प्रहरी जवान पक्राउ – Nepal Press

अश्लील तस्विरको आडमा केटी साथीलाई ब्ल्याकमेल गर्ने प्रहरी जवान पक्राउ

काठमाडौं । अश्लील तस्विरको आडमा केटी साथीलाई ब्ल्याकमेल गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले प्रहरी चौकी बटेश्वर धनुषामा दरबन्दी भएका प्रहरी जवान कृष्णकुमार यादवलाई पक्राउ गरेको हो ।

फेसबुकबाट साथी बनेकी युवतीलाई त्यसपछि विभिन्न सन्दर्भमा लिइएका अन्तरंग तस्विरहरु देखाएर यादवले मानसिक यातना दिएको ब्युरोले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर यादवमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैगरि नक्कली फेसबुक अकाउन्ट खोली त्यसमार्फत युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले सुनसरीको धरान बस्ने ३१ वर्षीय मोहम्मद कासिमलाई पक्राउ गरेको छ ।

नक्कली फेसबुक अकाउन्टमार्फत कासिमले ती युवतीको अश्लील तस्विरहरु प्रकाशित गरेको ब्युरोले जनाएको छ । पाँच दिनको म्याद लिएर उनीमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर