वागमती सरकारले चुनाव प्रभावित पार्न २३ सय टुक्रे योजना बाँडेको पूर्व अर्थमन्त्री ढुंगेलको आरोप – Nepal Press

वागमती सरकारले चुनाव प्रभावित पार्न २३ सय टुक्रे योजना बाँडेको पूर्व अर्थमन्त्री ढुंगेलको आरोप

हेटौंडा । बागमती प्रदेशका पूर्व अर्थमन्त्री तथा एमाले नेता कैलाशप्रसाद ढुंगेलले हालै सम्पन्न स्थानीय निर्वाचनलाई प्रभावित पार्न बागमती प्रदेश सरकारले २३ सय टुक्रे योजना ऐन विपरित बाँडेको आरोप लगाएका छन् ।

शनिबार बागमती प्रदेश सभामा बोल्दै उनले संसदलाई छलेर सरकारले निर्वाचन प्रभावित पार्न २३ सय योजना ल्याएको आरोप लगाए । उनले २३ सय योजना बाँड्दा पनि गठबन्धन प्रदेश सरकारको चालु वर्षको पुजिगत खर्च २८ प्रतिशत भन्दा माथि जान नसकेको बताए ।

उनले गठबन्धन सरकारले निर्वाचनमा गठबन्धनले नजिते वडामा बजेट नदिने भन्ने अभिव्यक्तिले निर्वाचन प्रभावित भएको दाबी गरे । पूर्व अर्थमन्त्री ढुंगेलले प्रदेश सरकारले जनपक्षीय कामको लागि कुनै पनि योजना ल्याउन नसकेको दाबी गरे ।

उनले स्थानीय निर्वाचनमा गठबन्धन सरकारले निर्वाचन जित्नैको लागि सत्ताको दुरुपयोग गरेको समेत बताए । ढुंगेलले प्रदेश सरकारलाई मन्त्रीकै लागि खर्च गर्न बजेट नपुगेको भन्दै जनताको समस्याको लागि कुनै ध्यान नगएको टिप्पणी गरे ।


प्रतिक्रिया

One thought on “वागमती सरकारले चुनाव प्रभावित पार्न २३ सय टुक्रे योजना बाँडेको पूर्व अर्थमन्त्री ढुंगेलको आरोप

  1. मेडिकल माफियाकाे हातमा सत्ता गएपछि यस्तै हाे । ती आयाेजना काम गर्न हाेईन पैसा उठाउन लगिएका हुन् । अख्तियारले हेराेस अधिकाँश कामै नगरी हेटाैंडा मै बसेर खाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर