मेडिकल कलेज सञ्चालनमा आलटाल गरे कडा आन्दोलन गर्ने एमाले कैलालीको चेतावनी – Nepal Press

मेडिकल कलेज सञ्चालनमा आलटाल गरे कडा आन्दोलन गर्ने एमाले कैलालीको चेतावनी

कैलाली । नेकपा (एमाले) कैलालीले सरकारको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालन सम्वन्धी विषय छुटाएको भन्दै विरोध जनाएको छ ।

पार्टीका सचिव डेजी पाण्डेले शनिबार विज्ञप्ती जारी गरेर गेटा मेडिकलको विषयलाई गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘गोदावरी नगरपालिका वडा नम्बर ५ गेटास्थित गेटा मेडिकल कलेजको भौतिक कार्य लगभग पूरा भई सकेको अवस्थामा यसलाई अलपत्र पार्ने कामले सिङ्गो कैलाली र सुदुरपश्चिमेली जनतामाथिको यो सरकारको सबैभन्दा ठूलो धोका हो,’ एमाले सचिव पाण्डेद्धारा विज्ञप्तीमा भनिएको छ ।

सचिव पाण्डेले तुरुन्तै पूर्ण क्षमताको ६०० वेडको अस्पताल संचालनमा ल्याउनु पर्ने, गेटा मेडिकल कलेजकोे सञ्चालन सम्बन्धी आवश्यक कानुनहरु संसदको यसै अधिवेशनमा द्रुतमार्गमार्फत पास गर्नु पर्ने, सो कलेजलाई गेटा स्वास्थ्य विश्वविद्यालय बनाउन आवश्यक पर्ने सम्पूर्ण तयारी गर्नु पर्ने र आर्थिक वर्ष २०७९/०८० को बजेटमा तीन अर्ब बजेट विनियोजन गरेर सो कलेज सञ्चालनमा ल्याउनु पर्ने माग राखेका छन् ।

मंगलबार सरकारले ल्याएको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषय नसमेटिएको भन्दै कैलालीमा चौतर्फी बिरोध भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर