बिज्ञापनलाई समाचार र समाचारलाई बिज्ञापन बनाउन पाइदैन: काउन्सिल अध्यक्ष बस्नेत – Nepal Press

बिज्ञापनलाई समाचार र समाचारलाई बिज्ञापन बनाउन पाइदैन: काउन्सिल अध्यक्ष बस्नेत

कैलाली । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय आचारसंहिता बिपरित विभिन्न सामाग्री हरु प्रकाशन र प्रसारण भइरहेको बताएका छन् ।

पछिल्लो समय ठुला मिडिया हाउसबाटै यस्ता गतिविधि भइरहेको उनले बताए । कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहार रोकथाम तथा उन्मुलन सम्बन्धि संचार निर्देशिका २०७९ विषयक अन्तरक्रीया कार्यक्रममा अध्यक्ष बस्नेतले केही दिन अघि ठुला मिडियामा बिज्ञानलाई समाचार बनाएको उनले त्यसो गर्न नहुने बताए ।

‘पछिल्लो समय बिज्ञापनलाई समाचार र समाचारलाई बिज्ञापन बनाउने प्रचलन बढेको छ’ बस्नेतले भने,‘यस्तो गर्न पाइदैन । काउन्सिलले स्पष्टीकरण सोधिरहेको छ ।’

केही दिन पहिलो प्रेस काउन्सिल दुई पत्रिकालाई ‘सेतो बाघ’ प्रकरणमा स्पष्टकरण सोधेको थियो । दुई पत्रिकाले शुक्रबारको अंकको प्रथम पृष्ठमा ‘नेपालमा देखियो सेतो बाघ’ शीर्षकमा एउटा सामग्री सम्प्रेषण गरेको थियो ।

बस्नेतले त्यहि प्रसङ्ग उल्लेख गर्दै कुनै पनि मिडिया हाउस बाट यस्तो हुन नहुने बताए । कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष डामहेन्द्र बिष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समिती अध्यक्ष संगीता खड्का, बबिता बस्नेत लगायतले धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर