नागरिकता माग्दै माइतीघरमा ‘अनागरिक’ को धर्ना (तस्बिरहरू) – Nepal Press

नागरिकता माग्दै माइतीघरमा ‘अनागरिक’ को धर्ना (तस्बिरहरू)

काठमाडौं । नागरिकता अधिकारबाट वञ्चित हुनुपरेको भन्दै ऐन संशोधनलगायतका माग राखेर माइतीघरमा धर्ना तथा प्रदर्शन गरिएको छ ।

‘नागरिकताविहीन नागरिक संघर्ष समिति’ को आव्हानमा गरिएको प्रदर्शनमा नागरिकता नहुँदा सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले क्षतिपूर्तिको माग गरिएको छ ।

संविधानको धारा ११ (३) र (५) कार्यान्वयन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संशोधन गर्न पनि उनीहरूले दबाब दिएका छन् ।

७ वर्षदेखि नागरिकता ऐन संशोधन नभएका कारण जन्मको आधारमा नागरिकता पाएका बुबा, आमा र आमाको नामबाट नागरिकता नपाएका  नेपालीको जीवन निकै अप्ठेरो र असहज भएकाले आफूहरू अनागरिक भएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *