रिभर फल्स पावर लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त – Nepal Press

रिभर फल्स पावर लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड रिभर फल्स पावर लिमिटेडको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । २०७९ जेठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले रिभर फल्स पावर लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्नेलगायतका कार्य गर्नेछ ।

कम्पनीले बैशाख २८ देखि जेठ ४ गतेसम्म सर्वसाधारणलाई प्राथमिक सेयर निष्काशन गरी जेठ ९ गते बाँडफाँट सम्पन्न गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *