बजेट स्वीकृत गर्न बसेकाे मन्त्रिपरिषद्को बैठक जारी
नेपाल प्रेस
२०७९ जेठ १५ गते १५:०९
काठमाडौं । आज ४ बजे आउने बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैंठक बसेको छ । आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री प्रेम आलेले बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको टोलीले बजेट तथा स्रोत समितिको बैठकले स्वीकृत गरेसँगै बजेट पास गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
मन्त्रिपरिषद्ले पनि स्वीकृति दिएपछि उक्त बजेट अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर