मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत – Nepal Press

मन्त्रिपरिषद्‍बाट बजेट स्वीकृत

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको आयव्यय स्वीकृत गरेको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिए ।

योसँगै अब संसदमा बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । आज अपरान्ह ४ बजे सुरू हुने प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर